जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया | Khabarhub Khabarhub

जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदन अस्पष्ट रहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।

एमाले सचिव प्रदीवकुमार ज्ञवालीले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारले घटनालाई अर्कोतर्फ मोड्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नो नागरिक बेपत्ता पारेको जस्तो संवेदनशील विषयमा सरकारले आपत्ति जनाउने र कूटनीतिक पहल गर्न पनि नसक्ने लाचारी प्रदर्शन गरेको बताएका छन् ।

गत साउन १५ गते दार्चुलाका धामी तुइनबाट महाकाली नदी पार गर्नेक्रममा एसएसबीले डोरी काटेपछि बेपत्ता भएका थिए । सो विषयमा सरकारले गठन गरेको छानबनि समितिले प्रतिवेदन बुझाउँदै एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : ४० बजे

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार ।

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको