बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ « Khabarhub

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सोमबार राति भएको भेटवार्ताबारे मंगलबार पत्रकारहरूसमक्ष स्पष्टीकरण दिएका छन् ।

कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको उक्त भेटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछानेले यो संवादको एउटा महत्वपूर्ण कडी मात्र भएको बताए ।

लामिछानेले भने, ‘रास्वपा परिवर्तनको पक्षमा लागेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत् एक ठाउँमा ल्याउने प्रयासमा छ । हामी त्यही प्रयासको क्रममा संवादमा छौं । यो एउटा महत्वपूर्ण कडीका रूपमा अघि बढिरहेका छौं । यसलाई टुंगोमा पुर्‍याउने दिशामा लागेका छौं ।’

उनले बालेनसँग दुई चरणमा वार्ता भएको र थप वार्ता जारी रहने जानकारी दिए । ‘तपाईंहरूले भने जस्तो अहिले नै आगामी निर्वाचनपछि बालेनलाई प्रधानमन्त्री बनाउने कुनै कुरा भएको छैन । संवाद भए पनि हामी अझै राजनीतिक चरणमा प्रवेश गरेका छैनौं । पहिले एकअर्कालाई बुझ्नुपर्छ, परिस्थितिको जानकारी लिनुपर्छ,’ उनले थपे । उनले आज पनि थप वार्ता हुन सक्ने बताए ।

लामिछानेले जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङसँग पनि वार्ता भइरहेको र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग संवाद हुने जानकारी दिए । ‘हामी सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासमा छौं । यो रास्वपाको जिम्मेवारी पनि हो र हामी यो पूरा गर्ने दिशामा छौं,’ उनले भने ।

सोमबार राति असिम शाहको घरमा भएको भेट करिब ५ घण्टा लामो भएको थियो । भेटमा दुवै पक्षबाट सकारात्मक संकेत देखिएको र वैकल्पिक शक्तिहरूको एकताका लागि आधार तयार भएको बताइरहेका छन् ।

यसअघि पनि रास्वपाले नयाँ शक्तिहरूसँग संवादलाई तीव्रता दिएको थियो । यो भेटले आगामी निर्वाचनअघि वैकल्पिक धारको नयाँ समीकरण बन्न सक्ने अनुमानलाई बल पुगेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ४६ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच