समानान्तर गतिविधि नरोके कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको निर्णय | Khabarhub Khabarhub

समानान्तर गतिविधि नरोके कारबाही गर्ने रवीन्द्र मिश्र पक्षको निर्णय


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै पार्टी हितविपरीत समानान्तर गतिविधि गरे कारबाही गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।

त्यस्तै, बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता पाठकले बताए ।

बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।

भर्चुअल रुमा बसेको बैठकमा १३० जना कूल केन्द्रीय सदस्यमध्ये १ सय ३ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ०८ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’