नेपालका बालबालिकाहरुको सहयोगका लागि अमेरिकामा चित्रकला प्रदर्शनी « Khabarhub

नेपालका बालबालिकाहरुको सहयोगका लागि अमेरिकामा चित्रकला प्रदर्शनी


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका बालबालिकाहरुको सहयोगका लागि इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी शुरु गरिएको छ ।

भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेपालका किरण चित्रकारले तयार पारेका ती चित्रकलाको प्रदर्शनी तथा बिक्रीसमेत गरिने छ । युगाण्डाका चित्र पनि प्रदर्शनीमा राखिएको छ ।

आयोजक संस्थाका कार्यकारी निर्देशक तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीका अनुुसार चित्रकलाको बिक्रीबाट आएको रकम पिकु र नेपाल कोरिया फ्रेण्डशीप म्युनिसियल अस्पतालको सहयोगमा निर्मित अस्पतालको बाल उपचार सघन कक्ष निर्माणका लागि सहयोग गरिने छ ।

पूर्वराजदूत डेलिसीको प्रयासमा सन् २०१५ को डिसेम्बरमा स्थापना भएको इन्गेज नेपालले नेपालमा विभिन्न १६ वटा आयोजना सञ्चालनमा ल्याएको छ । अमेरिकामा स्थापित संस्थाले कोरोना महामारीका बेलामा समेत आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको थियो ।

सन् २०२१ मा संस्थाले दुई लाख ११ हजार डलर बराबरको सहयोग गरिसकेको छ । आफ्नो अवकाश जीवन व्यतित गरिरहनुभएका डेलिसीले नेपाल केन्द्रित भएर सहयोग गर्दै आएको छ ।

पूर्वराजदूत डेलेसीले भने, “मैले दशकौँ वर्ष राज्यको अङ्गमा बसेर सेवा गरेँ, मेरो जीवनमा नेपाल र नेपाली जनतासँगको सामिप्यताले महत्वपूर्ण भूमिका खेलेको छ । खासगरी नेपालीको हार्दिकता र आत्मीय भावले उनीहरुको साझा चुनौतीलाई हातेमालो गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका हौँ ।”

नेपाली बालबालिकाका लागि जटिल प्रकृतिको रोग निराकरण गर्न सघन उपचार कक्ष अतिआवश्यक विषय हो । एक तथ्याङ्कअनुसार नेपालमा रहेका करिब ९० लाख बालबालिकाका लागि नेपालभरि जम्मा ९३ वटा सघन उपचार कक्ष रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ०१ बजे

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र