अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, १९९२ यताकै धेरै सिट « Khabarhub

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, १९९२ यताकै धेरै सिट


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ । सन् २०१८ को मध्यावधि निर्वाचनमा प्राप्त ४० सिटको उपलब्धिलाई उछिन्दै यसपटक डेमोक्रेटले अहिलेसम्म ४४ सिट जितेका हुन् ।

उत्तरी क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार चक हबार्डले रिपब्लिकन प्रतिनिधि भर्जिनिया फक्सलाई ३३० मतले पराजित गरेपछि पार्टीको सिट सङ्ख्या २५८ पुगेको हो ।

सीबीएस न्युजका अनुसार ४३५ सदस्यीय प्रतिनिधिसभामा डेमोक्रेटले पाएको यो बहुमत पार्टीको अपेक्षाभन्दा बढी हो । अझै चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेकाले थप सिट जित्ने सम्भावना छ । रिपब्लिकनले भने कम्तीमा १७३ सिट पाउने निश्चित भएको छ ।

सभामुख बन्ने तयारीमा रहेका डेमोक्रेटिक नेता हकीम जेफ्रीजका अनुसार यस शताब्दीमा अमेरिकी काङ्ग्रेसमा कुनै पनि पार्टीले हासिल गरेको यो सबैभन्दा ठूलो बहुमत हो ।

निर्वाचन परिणामले अमेरिकामा विभाजित सरकारको अवस्था सिर्जना गरेको छ । डेमोक्रेटले सिनेटमा नियन्त्रण कायम राखेका छन् भने रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा छन् । 

डेमोक्रेटले बढ्दो जीवनयापन खर्च सम्बोधन गर्ने १०० दिने कार्यसूची बनाउनुका साथै ट्रम्प प्रशासनमाथि व्यापक निगरानी गर्ने तयारी गरेको सीबीएस न्युजले जनाएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १० : ०१ बजे

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, १९९२ यताकै धेरै सिट

वासिङ्टन– अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : जनकपुर-अयोध्या रेलमार्गले जोड्ने विश्वास

जनकपुरधाम– जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग

बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू)

बागलुङ– घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन– नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

काठमाडौं– ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक