साथी सैनिकको हत्या गर्ने ढकाललाई २५ वर्ष कैद सजाय | Khabarhub Khabarhub

साथी सैनिकको हत्या गर्ने ढकाललाई २५ वर्ष कैद सजाय


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय सुनाइएको छ । सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले विहीबार गुरुङको हत्यामा दोषी ठहर गर्दै सैनिक ढकाललाई सजाय सुनाएको नेपाली सेनाले जनाएको छ ।

गत साउन ७ मा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ सिमलडाँडामा गुरुङको शव फेला परेको थियो । सो प्रकरणमा पक्राउ परेका ढकालले नेपाली सेनाकै एसएमजी हतियारबाट गुरुङको हत्या गरेको खुलेको थियो ।

ढकालले प्रयोग गरेको सेनाको हतियार चोरीको आरोपमा यसअघि नै दुईजना सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । उनीहरुले चोरेको भनिएको हतियार ढकालबाट बरामद भएकाले यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ७ : ५३ बजे

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार ।

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको