११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक « Khabarhub

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।देशभरबाट करिब ४ सय प्रतिनिधि सहभागी बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचन, वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रुपान्तरणबारे छलफल गरिएको प्रवक्ता मनिष झाले जनाएका छन्।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले विभिन्न प्रतिवेदन पेस गरेका थिए। ती प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझावहरू केन्द्रीय समितिमा पठाइने भएका छन्।

बैठकले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सरकारलाई आग्रह गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको छ।

रास्वपाले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रिया पारदर्शी बनाउने र युवाको सहभागिता बढाउने निर्णय गरेको छ। समानुपातिक उम्मेदवारको सूचीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय गरिएको छ।

बैठकले सभापति रवि लामिछानेमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : ४६ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा