नेपाली राजदूत भारद्वाज र कतारका अमिरबीच भेटवार्ता  « Khabarhub

नेपाली राजदूत भारद्वाज र कतारका अमिरबीच भेटवार्ता 


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र कतारका अमिर शेख तामिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

अमिर दिवानको कार्यालयमा भएको भेटवार्तामा अमिरले राजदूत भारद्वाजलाई आगामी कार्यका लागि शुभकामनासहित कतार र नेपालबीचको सम्बन्धका लागि थप प्रगति र समृद्धिको कामना गरेका छन् ।

राजदूत भारद्वाजले पनि आमिर र राज्यका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद र सराहना गर्दै जसले दुई देशबीचको सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याएको बताए ।

अघिल्लो सरकारले राजनीतिक नियुक्तिको आधारमा नियुक्त गरेको राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेसँगै उनी आफ्नो कार्यकाल नसकिँदै स्वदेश फर्कन लागेका हुन् ।

उनले संसदीय सुनुवाइ समितिको क्रममा कतारका राष्ट्र प्रमुखको नेपालको भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा गर्न नपाउँदै सरकारले फिर्ता बोलाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : २५ बजे

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका