आजको मौसम : प्रदेश नं २ मा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ? « Khabarhub

आजको मौसम : प्रदेश नं २ मा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ?


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा  मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ३५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील