आजको मौसम : प्रदेश नं २ मा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ? « Khabarhub

आजको मौसम : प्रदेश नं २ मा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के हुन्छ?


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा  मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनमा शनिबार राति प्रदेश नम्बर १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ३५ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा