पूर्व नेपाली राजदूतहरूको सङ्गठन र इजरायलको राजदूत क्लबबीच सम्झौता « Khabarhub

पूर्व नेपाली राजदूतहरूको सङ्गठन र इजरायलको राजदूत क्लबबीच सम्झौता


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ज्ञान, अनुभव एवं संस्कृतिको आदानप्रदान बढाउने उद्देश्यले पूर्व नेपाली राजदूतहरूको सङ्गठन (एफएनए) र इजरायलको राजदूत क्लब (एसीआई) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

इजरायलस्थित नेपाली दूतावासमा आयोजित भर्चुअल कार्यक्रमबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा एफएनएको तर्फबाट सङ्गठनका अध्यक्ष डा. शम्भुराम सिम्खडा र एसीआईको तर्फबाट क्लबका अध्यक्ष एक्जा केल्डेनले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफ्नो कार्यकालको छोटो समयमै दर्जनौँ सम्झौता तथा समझदारीमा हस्ताक्षर भई दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताइन् । आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वाससमेत व्यक्त गरिन् ।

समझदारी पत्रमा हस्ताक्षर गरेपश्चात् दुवै अध्यक्षले यो सुरुवात मात्रै भएको र दुई देशबीच सुमधुर रही आएको दशकौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन आगामी दिनमा सक्रिय सहकार्य गर्ने सङ्कल्प गरेका छन् ।

कार्यक्रममा इजरायलका लागि पूर्व नेपाली राजदूत तथा पूर्व मन्त्री निरञ्जन थापा, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, बङ्गलादेशका लागि पूर्व नेपाली राजदूत डा. चोपलाल भुसाल, कतारका लागि पूर्व नेपाली राजदूत रमेश कोइरालालगायत एफएनएमा आबद्ध पूर्व नेपाली राजदूतहरूसमेत उपस्थित थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ५० बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल