खाद्यान्न सङ्कटमा परेका चेपाङ परिवारलाई सहयोग « Khabarhub

खाद्यान्न सङ्कटमा परेका चेपाङ परिवारलाई सहयोग


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हिन्दूको महान चाड दसैँ तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न सङ्कटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो ।

एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता सङ्घको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।

दसैँ-तिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार दुई बोरा चामल, दुई किलो नुन, दुई लिटर तेल, चार पोका मस्यौरा, दुई किलो दाल, दुई किलो केराउलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सो सहयोग प्रदान गरिएको हो । यस क्षेत्रका चेपाङ समुदायलाई आफ्नो उत्पादनले छ महिना खान पनि धौधौ हुने गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : ०४ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल