बैतडीका दुई पालिकाले दसैँ बिदामा पनि पठनपाठन नरोक्ने « Khabarhub

बैतडीका दुई पालिकाले दसैँ बिदामा पनि पठनपाठन नरोक्ने


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ ।

गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार यही असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र बिदा हुने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन हुनेछ । डिलाशैनी गाउँपालिकाले पनि असोज २६ देखि असोज ३१ गतेसम्म बिदा हुने जनाएको छ ।

कोरोना महामारीका कारण गत महिनादेखि मात्रै र पठनपाठन प्रभावित भएकाले दसैँ बिदा छोट्टयाएको छ । लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय गत भदौ अन्तिम साताबाट स्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालनमा आएका थिए ।

यहाँ कूल ५६२ विद्यालय छन् । त्यसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ०३ बजे

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको