‘रंगीला’मा जेकीको ‘गञ्जी’ लगाएर नाचेकी थिइन् उर्मिला « Khabarhub

‘रंगीला’मा जेकीको ‘गञ्जी’ लगाएर नाचेकी थिइन् उर्मिला


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री उर्मिला मातोडकरले बलिउडमा कैयौं फिल्ममा अभिनय गरिन् । तर २६ वर्ष पछि पनि उनलाई उनको सुपरहिट फिल्म ‘रंगीला’का लागि ‘रंगीला गर्ल’का रुपमा चिनिन्छ । यो फिल्ममा उर्मिलाको अभिनय र उनको सौन्दर्यताले दर्शकको हृदयमा गहिरो छाप छोडेको छ । हालैमात्र उर्मिलाले जी कमेडी शोमा यो फिल्मसँग जोडिएको एक किस्साको खुलासा गरेकी छन् ।

उर्मिलाका अनुसार यो फिल्मको गीत ‘तन्हा तन्हा’मा उनले अभिनेता जेकी श्राफको ‘गञ्जी’ लगाएकी थिइन् । ‘यो सिक्वेन्स युनिक बनाउनुथियो र हामीले सोचेर अथवा अध्ययन गरेर यसमा केही नयाँ गर्न निषेध गरिएको थियो । हामीले यसलाई नेचुरल बनाउनु थियो । हामीलाई गीतको लागि चाहिने पहिरनको कुरा हुँदा जेकीले मलाई आफ्नो गञ्जी लगाउनु भनेका थिए’, उर्मिलाले भनेकी छन् ।

उर्मिलाले आफूले अप्ठ्यारो मान्दै जेकीको ‘गञ्जी’ लगाएको बताएकी छन् । ‘मैले उसको गञ्जी लगाएँ र सबै कुरा भगवानलाई छोडिदिएँ । त्यो गीतबाट मैले धेरै माया पाएँ’, उर्मिलाले खुलाएकी छन् ।

यो गीतमा उर्मिला एक लामो गञ्जी लगाएर समुन्द्रको किनारमा स्लो मोसनमा दौडिएकी छन् । उनको यो ग्ल्यामरस लुक्स निकै कमालको देखिएको थियो । गीतमा उनको पहिरन निकै नेचुरल बनाइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ५५ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी