च्याटिङ वा ह्वाट्सअप गर्नेले थाहा पाइराख्नु पर्ने कुन इमोजीको अर्थ कस्तो ? « Khabarhub

च्याटिङ वा ह्वाट्सअप गर्नेले थाहा पाइराख्नु पर्ने कुन इमोजीको अर्थ कस्तो ?


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल हरेक सानाठुला कुरामा फोनको सट्टा विभिन्न च्याट एप्सिकेसनको प्रयोग गरिन्छ । फेसबुकसंगै ह्वाट्सअपको प्रयोग बढ्दो क्रममा रहँदा मानिस कुनै सन्देश वा अभिव्यक्तिलाई लेखेरभन्दा पनि इमोजीमार्फत बताउने गर्दछन् । अहिले यस्ता कैयौं इमोजी पाउन सकिन्छ । जसमा आफूले अभिव्यक्त गर्न खोजेको इमोजी छनौट गरे आफ्नो विचार वा सन्देश बताउन सकिन्छ । तर कुन इमोजीले कस्तो अर्थ राख्छ, त्यसबारे जानि राख्नुहोस् :

कलका लागि इमोजी

यदि कोहि कसैले तपाईंलाई कल गरोस् भन्ने चाहाना छ भने यस इमोजीको प्रयोग गर्न सक्नुहुन्छ । यसले अरुले तपाईंलाई फोन गरुन् भन्ने अर्थ लाग्दछ ।

मज्जाले ताली बजाउने इमोजी

यदि कसैलाई प्रोत्साहन वा शुभकामना दिन ताली बजाउने मन भए यो इमोजीको प्रयोग गर्न सक्नुहुन्छ ।

शक्तिको महशुस गराउने इमोजी

यदि कसैले आफ्नो तागत वा शक्तिको महशुस गराउनु छ भने यस इमोजीको प्रयोग गर्न सकिन्छ । यसले सफलता र शक्तिलाई जोडेर अर्थ लगाउँछ ।

शान्तिको सूचक इमोजी

यदि कसैलाई शान्तिको सन्देश दिनु छ वा इमोजीबाट शुभरात्रीको कामना गर्नु छ भने बेफिक्र भएर यो इमोजीको प्रयोग गर्न सकिन्छ ।

 

 कसैकालागि प्राथना वा आर्शिवाद

यदि कसैकालागि प्रार्थना गर्दै हुनुहुन्छ, वा वरदान मागिदिनु भएको छ भने यस इमोजीको प्रयोग गर्न सक्नुहुन्छ ।

ओके भन्न वा वखान गर्ने इमोजी

यस इमोजीलाई कसैको कुरामा सहमती जनाउन, ओके भन्न वा कसैको बखान गर्न पनि यो इमोजीको प्रयोग गर्न सकिन्छ ।

कुनै कुरा मन नपरेमा

यदि कसैको कुनै कुरा चित्त बुझेन वा मन परेन भने यस इमोजीको प्रयोग गर्न सकिन्छ ।

स्रोत : जी न्यूज

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : १५ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र