शनिको प्रकोपबाट बच्नु छ, शनिबार नगर्नुस् यी काम | Khabarhub Khabarhub

शनिको प्रकोपबाट बच्नु छ, शनिबार नगर्नुस् यी काम


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिबार शनि देवको उपासना गर्ने दिनका रुपमा बुझिन्छ । यस दिन शनिदेवको आराधना गरे उनको कृपा प्राप्त भई नकारात्मक प्रभावबाट बच्न सकिने धार्मीक मान्यता छ ।

शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने देवताका रुपमा चिनिन्छन् । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने विश्वास गरिन्छ । तर केही उपाय गरेमा शनिका प्रकोपबाट बच्न सकिने धार्मीक मान्यता छ । यस अलावा शनिवार यस्ता केही छन् जो गर्न नहुने विश्वास छ । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ भन्ने धार्मीक मान्यता छ ।

शनिबार के के नगर्ने त ?

१. फलामलाई शनिको धातु मानिन्छ । त्यसैले शनिबार घरमा फलाम ल्याउन नहुने धार्मीक विश्वास छ । तर यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु अत्यन्त शुभ मानिन्छ ।

२. धार्मीक विश्वास अनुसार शनिबार मासको कालो दाल खरिद गर्नु हुदैँन । बरु शनिबार यो दालबाट बनेको खिचडी दान गरे शुभ हुने मान्यता र विश्वास छ ।

३. शनिबार घरमा सरस्युको तेल ल्याउन नहुने धार्मीक विश्वास छ । यस दिन यो तेल दान गर्दा भने हुने मान्यता छ । शनि देवलाई प्रशन्न बनाउन शनिदेवलाई यो तेलले अभिषेक गरे शनिको विशेष कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

४. धार्मीक मान्यता अनुसार शनिबार जुत्ता चप्पल पनि किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५. यस्तै शनिदेव न्यायका देवता भएकाले शनिवार उनको विशेष पूजा आरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्न नुहने धार्मीक विश्वास छ । 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ०५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने