यी ६ बानी त्याग्नुहोस् मधुमेह हुनबाट बच्नुहोस् « Khabarhub

यी ६ बानी त्याग्नुहोस् मधुमेह हुनबाट बच्नुहोस्


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकांश मानिसलाई देखा पर्ने स्वास्थ्य समस्या हो, मधुमेह (सुगर) । जीवनशैली र खानपानसँग सजिलै जोडिएको मधुमेहले मानिसलाई गम्भिर रोगी समेत बनाउन सक्छ । यस्तोमा मधुमेहबाट बच्न के गर्ने त ?

ब्रेकफास्ट गर्ने

मधुमेहबाट बच्न नियमित बिहान अनिवार्य ब्रेकफास्ट गर्नुपर्दछ । अन्यथा शरीरको इन्सुलिन स्तर बिग्रन्छ । यसले शरीरको सुगर लेभललाई नियन्त्रण गर्न मुश्किल हुन्छ ।

समयमा खाना

कतिपय मानिसमा राती अबेर खाना खाने र तुरुन्त सुत्ने गर्दछन् । तर यसले ब्लड सुगरको ब्यालेन्स बिग्रन्छ । त्यसैल नियमित समयमा खाना खाने गरेमा मधुमेहबाट बच्न सकिन्छ ।

खाना खाएपछि नबस्ने

खाना खाएपछि धेरै मानिस श्रमबिना त्यसै बसिरहन्छन् । यस्तोमा शरीरमा बोसो जम्न थाल्दछ । यसले ब्लड सुगर बढाउँछ । यस्तोमा मधुमेहको आशंका बढ्ने गर्दछ ।

पर्याप्त पानी पिउने

हरेक मानिसले दिनभरी न्युनतम ८ देखि १० ग्लास पानी पिउनु पर्दछ । यो भन्दा कम पानी पिएमा शरीर हाइड्रेट हुन पाउँदैन । यसले ब्लड सुगर लेभल बिग्रन्छ जसले मधुमेहको आशंका बढ्ने गर्दछ ।

िनी भएका पेय नपिउने

गुलियो पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ जसले शरीरमा क्यालोरी बढाउने गर्दछ । त्यसैले यस्तो पेय दैनिक पिउँदा मधुमेहको आशंका बढ्ने गर्दछ ।

खाना खाएपछि मिठाई नखाने

धेरै मानिसमा खाना खाएलगत्तै गुलियो खानेकुरा वा मिठाई खाने बानी हुन्छ । तर यो बानी त्याग्नु पर्दछ । यसरी खानापछि गुलियो खानेकुरा वा मिठाई खादाँ शरीरमा चीनिको मात्रा तीब्र रुपमा बढ्ने गर्दछ । यसले मधुमेहको आशंका बढ्ने गर्दछ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ३१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको