यी ६ बानी त्याग्नुहोस् मधुमेह हुनबाट बच्नुहोस् « Khabarhub

यी ६ बानी त्याग्नुहोस् मधुमेह हुनबाट बच्नुहोस्


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकांश मानिसलाई देखा पर्ने स्वास्थ्य समस्या हो, मधुमेह (सुगर) । जीवनशैली र खानपानसँग सजिलै जोडिएको मधुमेहले मानिसलाई गम्भिर रोगी समेत बनाउन सक्छ । यस्तोमा मधुमेहबाट बच्न के गर्ने त ?

– ब्रेकफास्ट गर्ने

मधुमेहबाट बच्न नियमित बिहान अनिवार्य ब्रेकफास्ट गर्नुपर्दछ । अन्यथा शरीरको इन्सुलिन स्तर बिग्रन्छ । यसले शरीरको सुगर लेभललाई नियन्त्रण गर्न मुश्किल हुन्छ ।

– समयमा खाना

कतिपय मानिसमा राती अबेर खाना खाने र तुरुन्त सुत्ने गर्दछन् । तर यसले ब्लड सुगरको ब्यालेन्स बिग्रन्छ । त्यसैल नियमित समयमा खाना खाने गरेमा मधुमेहबाट बच्न सकिन्छ ।

– खाना खाएपछि नबस्ने

खाना खाएपछि धेरै मानिस श्रमबिना त्यसै बसिरहन्छन् । यस्तोमा शरीरमा बोसो जम्न थाल्दछ । यसले ब्लड सुगर बढाउँछ । यस्तोमा मधुमेहको आशंका बढ्ने गर्दछ ।

– पर्याप्त पानी पिउने

हरेक मानिसले दिनभरी न्युनतम ८ देखि १० ग्लास पानी पिउनु पर्दछ । यो भन्दा कम पानी पिएमा शरीर हाइड्रेट हुन पाउँदैन । यसले ब्लड सुगर लेभल बिग्रन्छ जसले मधुमेहको आशंका बढ्ने गर्दछ ।

चिनी भएका पेय नपिउने

गुलियो पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ जसले शरीरमा क्यालोरी बढाउने गर्दछ । त्यसैले यस्तो पेय दैनिक पिउँदा मधुमेहको आशंका बढ्ने गर्दछ ।

खाना खाएपछि मिठाई नखाने

धेरै मानिसमा खाना खाएलगत्तै गुलियो खानेकुरा वा मिठाई खाने बानी हुन्छ । तर यो बानी त्याग्नु पर्दछ । यसरी खानापछि गुलियो खानेकुरा वा मिठाई खादाँ शरीरमा चीनिको मात्रा तीब्र रुपमा बढ्ने गर्दछ । यसले मधुमेहको आशंका बढ्ने गर्दछ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ३१ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।