मुस्ताङको स्याउ बजारमा विक्री शुरू | Khabarhub Khabarhub

मुस्ताङको स्याउ बजारमा विक्री शुरू


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।

दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ ।

धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बारमा पुर्‍याउछन् । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् ।

‘रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ’, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । ‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ’, लामाले भने, ‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको छु ।’

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ ।

बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ । दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही  लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री गर्छन् ।

विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ ।

मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : १६ बजे

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

सिमकोट– कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै