‘काठमाडौँमा जन्मेको नेताको छोरा भन्दैमा सभापति बन्न नपाइने ?’ (भिडियो) « Khabarhub

‘काठमाडौँमा जन्मेको नेताको छोरा भन्दैमा सभापति बन्न नपाइने ?’ (भिडियो)


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू नेतृत्वमा पुग्न चाहेको बताएका छन् ।

शनिबार काठमाडौँमा १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको कै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन् ।

उनले लोकतन्त्रलाई बलियो बनाउदै आम नेपालीले सोचेको मुलुक बनाउन आफु केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए ।

नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने तर बाहिरबाट आएको नेतालाई ठूलो देख्ने रहेको उनले गुनासो पनि गरे ।

उनले आफू पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गर्दै भने, ‘काठमाडौमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो !’

पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अव भने बिश्राम दिने बेला आएको उनको भनाइ छ । उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अव दोहर्‍याउन नहुने धारणा राखे  । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशिल सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ४७ बजे

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ