विवेकले दुर्गुणहरुमाथि अंकुशः प्रेरक प्रसङ्ग « Khabarhub

विवेकले दुर्गुणहरुमाथि अंकुशः प्रेरक प्रसङ्ग


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केवल अनुहार हेरेर चरित्र बताउने दावा गर्ने एक ज्योतिषी जब ग्रीसका चर्चित सुकरातको अगाडि पुगे तब सुकरात आफ्ना शिष्य जम्मा गरेर बसेका थिए  । सुकरातको विचार जति राम्रो थियो उनी रुपमा उति नै नराम्रा थिए ।

ज्योतिषीले अगाडि आउनेबित्तिकै भने, यो मानिसमा क्रोध नै क्रोध भरिएको छ । यसको नाक हेर्दा यस्तै लाग्छ ।

यो सुनेर सुकरातका शिष्य आवेशमा आए । तर ज्योतिषीले निडरताले अगाडि भने, यसको निधार र टाउकोको रचनाअनुसार यो निश्चित रुपले एक लोभी मानिस होला । यसको चिउँडोबाट थाहा हुन्छ यो मानिस बिल्कुलै सनकी छ । यसको ओठ र दाँतको आकार हेर्दा लाग्छ, यो मानिस सदा देशद्रोह गर्नको लागि लालायित रहन्छ ।

यो सुनेर सुकातले ज्योतिषीलाई राम्रो पुरस्कार दिएर बिदा गरे सुकरातका शिष्य यो सब देखेर अचम्ममा परे ।

सुकरातले शिष्यको जति दुर्गुण बताए त्यो सब ममा छ । म त्यो सब स्वीकार गर्छु । ज्योतिषीले केवल एउटा भूल गरे उनले मेरो विवेकमा ध्यान दिएनन् । म आफ्नो विवेकको शक्तिले सबै दुर्गुणमा अंकुश लगाएर राख्छु । ज्योतिषीले यो कुरा बताउन बिर्सिए ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : ०६ बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक