विवेकले दुर्गुणहरुमाथि अंकुशः प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

विवेकले दुर्गुणहरुमाथि अंकुशः प्रेरक प्रसङ्ग


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केवल अनुहार हेरेर चरित्र बताउने दावा गर्ने एक ज्योतिषी जब ग्रीसका चर्चित सुकरातको अगाडि पुगे तब सुकरात आफ्ना शिष्य जम्मा गरेर बसेका थिए  । सुकरातको विचार जति राम्रो थियो उनी रुपमा उति नै नराम्रा थिए ।

ज्योतिषीले अगाडि आउनेबित्तिकै भने, यो मानिसमा क्रोध नै क्रोध भरिएको छ । यसको नाक हेर्दा यस्तै लाग्छ ।

यो सुनेर सुकरातका शिष्य आवेशमा आए । तर ज्योतिषीले निडरताले अगाडि भने, यसको निधार र टाउकोको रचनाअनुसार यो निश्चित रुपले एक लोभी मानिस होला । यसको चिउँडोबाट थाहा हुन्छ यो मानिस बिल्कुलै सनकी छ । यसको ओठ र दाँतको आकार हेर्दा लाग्छ, यो मानिस सदा देशद्रोह गर्नको लागि लालायित रहन्छ ।

यो सुनेर सुकातले ज्योतिषीलाई राम्रो पुरस्कार दिएर बिदा गरे सुकरातका शिष्य यो सब देखेर अचम्ममा परे ।

सुकरातले शिष्यको जति दुर्गुण बताए त्यो सब ममा छ । म त्यो सब स्वीकार गर्छु । ज्योतिषीले केवल एउटा भूल गरे उनले मेरो विवेकमा ध्यान दिएनन् । म आफ्नो विवेकको शक्तिले सबै दुर्गुणमा अंकुश लगाएर राख्छु । ज्योतिषीले यो कुरा बताउन बिर्सिए ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : ०६ बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको