कालिदासले भने म मुर्ख हुँ, रुप बदलेकी सरस्वतीले भनिन् तिमी मुर्ख हैनौँ « Khabarhub

कालिदासले भने म मुर्ख हुँ, रुप बदलेकी सरस्वतीले भनिन् तिमी मुर्ख हैनौँ


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कालिदास संस्कृत भाषाका सबैभन्दा महान् कवि र नाटककार थिए । कालिदासले धार्मीक, पौराणिक कथा र दर्शनलाई आधार बनाएर रचना गर्दथे । कालिदास आफ्नो अलंकारयुक्त सुन्दर, सरल र मधुर भाषाकालागि विशेष चिनिन्छन् ।

हिन्दु धर्मग्रन्थ अनुसार माता सरस्वती वाणि, बुद्धि र विद्याकी देवी हुन् । सरस्वतीको कृपाले मात्र हरेक सफलता र सुख प्राप्त हुने धार्मीक विश्वास छ । त्यसैले धेरै भक्तजन माता सरस्वतीको उपासना गर्दछन् । देवी सरस्वतीको भक्तमा कालीदास पनि प्रमुख मानिन्छन् ।

कालीदासले माता सरस्वतीको कालीस्वरुपका लागि तपस्या गरेका थिए । उनका जीवनका यस्ता विभिन्न प्रसंग छन् जसमा सुखी जीवनको सूत्र लुकेको छ । देवी सरस्वती र कालीदाससँग जोडिएका एक प्रसंगबारे जानौं ।

कथा अनुसार, कालिदासमा एक पटक आफ्नो ज्ञान माथि घमण्ड बढेको थियो । यो बेला उनि थुप्रै यात्रा गरिरहन्थे । एक दिनको यात्रामा उनलाई प्यास लाग्यो र उनले नजिकै कुवामा पानी भरीरहेकी महिलासंग पानी मागे ।

ती महिलाले उनलाई नचिन्ने भएकोले बिना परिचय कालिदासलाई पानी नदिने शर्त राखिन् । कालिदासले आफ्नो ज्ञानको घमण्डका कारण नामको सट्टा घुमाउरो पारामा भने, म पाहुना हुँ । तर महिलाले संसारमा धन र यौवन मात्र दुई धन रहेको भन्दै सही परिचय दिन भनिन् । ती महिलाको कुराबाट अचम्मित हुदैँ कालिदासले भने, म सहनशील हुँ ।

जवाफमा महिलाले पाप र पुण्य आत्माहरुको बोझ उठाउने, खानका लागि अन्न दिने धर्ती र ढुङ्गाले हान्दा पनि फल दिने रुख मात्र सहनशील भएको भन्दै कालिदास सहनशील हुन नसक्ने बताइन् । त्यसपछि कालिदासले भने म हठी हुँ । तर महिलाले पुनः नङ र कपाल मात्र पटकपटक काट्दा पनि बढिरहने भएकाले यी दुई मात्र हठी भएको तर्क अघि सारिन् ।

महिलासँग हार्दै गएका कालिदासले अन्त्यमा आफू मुर्ख भएको बताए । तर ती महिलाले कालिदासलाई मुर्ख मान्न अस्वीकार गर्दै कुनै योग्यता बिना नै सबैमाथि राज गर्ने राजा र राजालाई खुसी पार्न गलत कुरामा पनि झुटो प्रशंसा गर्ने दरबारी मुर्ख हुने बताइन् ।

अब भने कालिदास महिलाको चरणमा पर्दै याचना गरे । त्यतिबेला देवी सरस्वती स्वरुपमा महिलाले भनिन्, उठ, भक्त । शिक्षाले ज्ञान दिन्छ, घमण्ड होइन । तिमीलाई ज्ञानको घमण्ड थियो । त्यसैले त्यो घमण्ड तोड्न मैले यसो गरे । त्यसपछि कालीदासले आफूले गलत गरेको बुझेर देवीसँग क्षमा याचना मागे । देवी प्रसन्न भएर अन्तर्धान भइन् । र कालीदास पनि पानी पिएर अघि बढे । त्यसपछि उनले कहिल्यै आफ्नो ज्ञानमाथि घमण्ड गरेनन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : ३१ बजे

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका