कम्युनिस्ट-मधेसवादी मिले पनि बहुमत ल्याउँछौँ : थापा (भिडियोसहित) « Khabarhub

कम्युनिस्ट-मधेसवादी मिले पनि बहुमत ल्याउँछौँ : थापा (भिडियोसहित)


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका नेता गगन थापाले जनतासँग गरिएका भरोसा पूरा गर्न सक्ने नेतृत्व पार्टीमा आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४औँ महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतासँग गरिएका बाचाँ पूरा गर्न सक्ने आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।

काँग्रेसले यथास्थितीमा जनताको विश्वास जित्न नसक्ने बताउँदै थापाले भने, ‘हामीलाई जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ ।’

जनताको भरोसायोग्य कांग्रेसका लागि सही नेतृत्व चयन गर्न जरूरी रहेकाले वडा तहबाटै पार्टीभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको उनले बताए ।

आगामी तीन तहको निर्वाचनबाट कांग्रेस ठूलो दल बन्ने दाबी गरेका थापाले भने,’काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिस्ट, मधेसवादी मिले पनि कांग्रेसले जित्ने गरी काम गर्नुपर्छ ।’

काठमाडौँका ११ वटा नगरपालिका मध्ये १० वटामा शनिबार नगर अधिवेशन आयोजना गरिएको छ । दक्षिणकाली नगरपालिकामा भने वडाको अधिवेशन नै बाँकी रहेकाले अधिवेशन भएको छैन । काठमाडौं महानगरमा २० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ३ : ३१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा