पक्की पुल र सडक नबन्दा झोलुङ्गोमै बिरामी « Khabarhub

पक्की पुल र सडक नबन्दा झोलुङ्गोमै बिरामी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- भौगोलिकरूपले  विकट सर्लाहीको चुरे क्षेत्रका वासिन्दाले बिरामी बोक्न अझै झोलुङ्गोकै भर पर्नुपर्ने बाध्यता छ ।

सडकको अभव र खोलानालामा पक्की पुल नबन्दा यहाँको बस्तीमा बिरामी बोक्न अझै पनि झोलुङ्गोको प्रयोग भइरहेको हो ।

दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनावटका कारण पटकपटक बनाइएको कच्ची सडकसमेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षाका बेला खोला तरेर झोलुङ्गोमा बिरामी लैजान पनि कठिन हुँदै आएको छ ।

दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुनाका साथै उत्पादित खाद्यपदार्थ  बजार लान समस्या हुने स्थानीयवासी चर्तुमान घिसिङले बताए ।

गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुङ्गोमा पालैपालो बोकेर पूर्वपश्चिम लोकमार्ग छेउछाउका स्वास्थ्य संस्थामा पुर्‍याउन हामी बाध्य भएको उनले बताए । बाढी आउँदा भने ज्यान नै जोखिममा पारेर बिरामी तथा दैनिक उपभोग्य सामग्री पार लगाउनुपर्ने बाध्यता रहेको अर्का स्थानीयवासी चन्द्र वाइबाले बताए ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या अझैसम्म विद्यमान छ । ती क्षेत्रमा भरपर्दो स्वास्थ्य संस्था नहुँदा बिरामीलाई झोलुङ्गोमा बोकेर लैजानुपर्छ तर कहिलेकाही  बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष सुवाई सिंह ब्लोनले बताए ।

प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलामा बाटो बनाउने काम भई रहेको छ भन्दै नगर प्रमुख मानबहादुर खड्काले त्यहाँको विकास लागि आफूहरुले सबै शक्ति लगाएर कार्य गरिरहेको  जानकारी दिए ।

उनका अनुसार स्थायी बाटो बनाउने योजना बनाइएकामा  यो वर्ष १४ किलोमिटर बाटो निर्माण भइसकेको र पुलका लागि टेण्डर आह्वान भइसकेको छ । चाडपर्वमा स्थानीयवासीलाई आवतजावतमा समस्या हुन नदिन  तत्काल अस्थायी बाटो तयार पारिने छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने