बेलायतमा सङ्क्रमितको सङ्ख्या घटेन « Khabarhub

बेलायतमा सङ्क्रमितको सङ्ख्या घटेन


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् ।

बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ७८९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये छ हजार ७३३ जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशतले पहिलो खोप छन् भने ८२ प्रतिशतले दुवै खोप लगाएका छन् ।

धेरैले खोप लगाएकाले बेलायतसँगै चीन, जर्मनी, रुस, अमेरिकालगायतका धेरै देशमा दैनिकी सामान्य हुँदै गएको छ तर तीमध्ये कतिपय देशमा महामारी फैलिइरहेको छ । सिन्ह्वा

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ०० बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार