नागा र सामन्थाद्वारा अलग्गिने घोषणा « Khabarhub

नागा र सामन्थाद्वारा अलग्गिने घोषणा


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मकी अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता नागा चैतन्यले अलग्गिने घोषणा गरेका छन् । करिब दुई महिना यतादेखि यी दुईबीच डिभोर्सको हल्ला चलिरहँदा उनीहरुले शनिबार यो कुराको पुष्टि गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अलग्गिने घोषणा गरेका हुन् ।

‘हाम्रो सबै शुभचिन्तकका लागि । निकै सोचेर र चैतन्यसँग विमर्शपछि मैले आफ्नो पतिबाट अलग हुने निर्णय लिएकी छु । हामीले आफ्नो करियरलाई सही बाटोमा ल्याउनका लागि यो निर्णय लिएका हौं । हामी खुशी छौं कि हामी करिब १० वर्षदेखि एकअर्काको साथी भयौं । यो साथीत्व हाम्रो सम्बन्धको आधार थियो । यो हाम्रो जिन्दगीभर रहिरहनेछ । हामी आफ्नो चाहनेवाला, शुभचिन्तक र मिडियासँग अपिल गर्दछौं कि हामीलाई यो समस्याग्रस्त अवस्थामा सहयोग गर्नुहोला । हामीलाई हाम्रो गोपनियता दिनुहोला ताकि हामी अगाडि बढ्न सकौं । तपाईंहरुको मायाका लागि धन्यवाद’, सामन्थाले लेखेकी छन् ।

सामन्थाका पति नागाले पनि सामाजिक सञ्जालमा लेखेका छन् । यी दुवैको पोस्ट पछि लामो समयदेखि चलिरहेको अफवाह सही साबित भएको छ ।

अभिनेत्री सामन्थाले आफैं आफूहरुको सम्बन्धमा तनाव सिर्जना भएको जानकारी फ्यानलाई दिएकी थिइन् । केही महिना अघि अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालको हेण्डलबाट ‘अक्किनेनी’ हटाएर ‘एस’ मात्र लेखेकी थिइन् । जसकारण सामाजिक सञ्जालमा एक किसिमको हंगामा नै मच्चिएको थियो । यो समयमा सामन्थाले नागासँग सम्बन्धविच्छेद गर्न लागेको चर्चा चलेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : ३७ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय