साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार « Khabarhub

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच दिन शेयर कारोबार भयो । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय गर्‍ यो ।

झण्डै तीन हजार ३०० बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ६०० मा ओर्लेको छ । पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ । यस्तै नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि शेयर बजारमा केही न केही प्रभाव परेको देखिन्छ ।

एकाध मानिसले ठूलो परिमाणमा शेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ । यस्तै लगानीकर्ताका केही सङ्घ तथा सङ्गठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ । साताभर कूल २३३ कम्पनीको शेयर कारोबार भयो । साताभर कूल पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता शेयर रु २६ अर्ब नौ करोड ५१ लाख ६३ हजार ६५४ मूल्यमा खरिद बिक्री भए ।

शेयर कारोबार हुने साताको पहिलो आइतबार नेप्से परिसूचकमा उच्च अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर रु छ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मा खरिद बिक्री भए । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा ओर्लियो ।

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको शेयर ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको खरिद बिक्री भयो ।

सोमबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यसदिन नेप्से परिसूचक ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा सीमित भयो ।

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ मा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार बराबर पुगेको थियो । त्यसदिन १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु १५ करोड ४९ लाख ७१ हजार २३० बराबरको कारोबार भयो ।

मङ्गलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो । त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लियो । कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर रु पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुग्यो । त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा रु १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको खरिद बिक्री भयो ।

बुधबार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुग्यो । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन । कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर रु पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुग्यो ।

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अङ्कको गिरावट आयो । नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुग्यो ।

नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ३० बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु