भीभोको ‘लक्की ड्र’मार्फत आकर्षक उपहार जित्ने अवसर « Khabarhub

भीभोको ‘लक्की ड्र’मार्फत आकर्षक उपहार जित्ने अवसर


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्मार्टफोन उत्पादक कम्पनी भीभोले दसैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरेको छ । योजनामा प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर छ ।

अक्टोबर १ तारिखदेखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन किन्ने ग्राहकले यो अभियानमा भाग लिने मौका पाउने छन् । भीभो स्मार्टफोन कुनै पनि भीभोको स्टोर वा आधिकारिक खुद्रा पसलबाट किन्न सकिनेछ । लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरुले एलजीका होम अप्लाएन्सेन्, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड र अन्य थुप्रै उपहार पाउन सक्नेछन् ।

निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरीद गर्ने ग्राहकले यसमा सहभागी हुन सक्नेछन् । यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यू आर कोड स्क्यानिङ गरी आफूलाई सहभागी गराउनुपर्नेछ ।

विजयीहरुको घोषणा लक्की ड्र मार्फत तुरुन्तै गरिने छ र उनीहरुको उपहार भीभोमार्फत जानकारी गराइने बताइएको छ। पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : ५५ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको