दुई वर्षभित्र आफ्नो फोन ‘रिसेल’ गर्न चाहनुहुन्छ ? आइफोन नै किन्नुस् « Khabarhub

दुई वर्षभित्र आफ्नो फोन ‘रिसेल’ गर्न चाहनुहुन्छ ? आइफोन नै किन्नुस्


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै फोन बजारमा आएको १२ देखि २४ महिनाभित्रमा त्यसको मूल्य घट्ने एक नयाँ अध्ययनले देखाएको छ। युकेबाट प्रकाशित उक्त रिपोर्टअनुसार आइफोन १२ प्रो बजारमा आएको ६ महिनामा यसको मूल्य कायम राख्ने सन्दर्भमा उत्कृष्ट फोन थियो। यसको मूल्यमा केवल ३२ प्रतिशतले मात्र ह्रास आएको थियो।

जबकि साम्सुङ ग्यालेक्सी नोट १० ले पहिलो ६ महिनामा यसको मूल्यको ५० प्रतिशतभन्दा बढी गुमायो। यसको मतलव तपाईंले १ लाख रुपैयाँमा साम्सुङ फोन किन्नुभयो भने ६ महिनापछि यसको मूल्य ५० हजारभन्दा कम हुन्छ।

म्युजिक म्याग्पाईको रिपोर्टले फाइभ–जी एप्पल र साम्सुङ फोनबीच तुलना गर्छ। यसले के देखाउँछ भने फाइभ जी चल्ने साम्सुङ फोनभन्दा फाइभ जी चल्ने आइफोन १२ सिरिजको मूल्य उच्च हुन्छ।

‘एपलको फाइभजी चल्ने फोनको बजारमा आएको ६ महिनापछि ३८ प्रतिशतमात्र मूल्यमा ह्रास आउँछ जबकि फाइभजी चल्ने साम्सुङको मूल्यमा ६२ प्रतिशतले घट्छ,’ रिपोर्टमा उल्लेख छ।

रिपोर्टले यो पनि थप्छ कि बजारमा आएको १२ महिनापछि आइफोनको मूल्य औसतमा ४१ प्रतिशतले घट्छ भने अर्कोतर्फ, लन्च भएको १२ महिनापछि साम्सुङ फोनको मूल्यमा ६४ प्रतिशतले मूल्य घटेको पाइएको छ।

एप्पल र साम्सुङका साथै गुगल, वानप्लस र हुवावे फोनमा पनि उपभोक्ताले कति रकम घाटा व्यहोर्नुपर्छ भनी रिपोर्टमा उल्लेख छ। रिपोर्टअनुसार लन्च भएको २४ महिनापछि वानप्लस फोनको मूल्य ७८ प्रतिशतले घट्छ भने गुगल पिक्सेल फोनको मूल्य ८३ प्रतिशतले घट्छ। त्यस्तै, एपल, साम्सुङ, वानप्लस र गुगल फोनको दाँजोमा हुवावे स्मार्टफोनको मूल्य छिटो घट्ने रिपार्टले जनाएको छ।

रिपोर्टमा बजारमा आएपछि पहिलो वर्षमा कति मूल्य घट्छ भनी उल्लेख छ जबकि बजारमा आएको १२ महिनापछि पनि आइफोनको मूल्य थोरै घट्ने गर्छ। आइफोन ७ देखि आइफोन ११ सम्म यसरी थोरै मूल्य घट्ने फोनमा पर्छन्। अत्यधिक मूल्य घट्ने फोनहरुमा हुवावे मेट ३० प्रो, हुवावे पी२०, वानप्लस ८, साम्सुङ फ्लीप र वानप्लस ८ प्रो रहेका छन्।

‘१२ महिनापछि पनि फोनको मूल्य उल्लेखनीय रुपमा नघट्ने १० वटा फोनहरुमा अधिकांश आइफोनहरु छन्। हरेक वर्ष गरिने लगानीले यी डिभाइसलाई दुरुस्त बनाउन सक्छ,’ रिपोर्टमा उल्लेख छ।

वानप्लस सेभेनटी यस्तो फोन हो, जसको १२ महिनापछि ५० प्रतिशत मूल्य खस्किएको छ। रिपोर्टले के देखाएको छ भने एक लाख २ हजार मूल्य भएको फोनको मूल्य ६ महिनापछि ५० प्रतिशतले घट्छ। त्यस्तै, ६१ हजार ५ सय मूल्य भएको फोनको मूल्य ५४ प्रतिशतले घट्छ जबकि ६० हजार मूल्य भएको फोनको मूल्य ६२ प्रतिशतले घट्छ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ४५ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको