अग्युरोले तीन महिना नखेल्ने | Khabarhub Khabarhub

अग्युरोले तीन महिना नखेल्ने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् ।

बार्सिलोनाले यसको पुष्टि गर्दै क्लबका फरवार्डले तीन महिना फुटबल नखेल्ने बताएको छ ।

शनिबार आल्भेसविरुद्धको खेलमा उनको छातीमा समस्या देखिएको थियो ।

म्यानचेस्टर सिटीका पूर्व फरवार्डको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो ।

उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने बताईएको छ ।

‘अबको तीन महिना उनलाई निको हुन उपचारको प्रभावकारी मुल्याङ्कन गरिनेछ,’ बार्सिलोनाले भनेको छ ।

अस्पताल लैजानु अघि अग्युरोको मैदानमै केही मिनेट उपचार गरिएको थियो ।

प्रि–सिजनमा चोट बोकेका अग्युरोले बार्सिलोनाबाट दोस्रो खेल मात्र खेलेका थिए । उनी स्पेनिस क्लबमा दुई वर्षको सम्झौता सहित आएका थिए ।

उनले करिब १० वर्ष सिटीमा बिताएका थिए । उनी सिटीका सर्वकालिन गोलकर्ता हुन् । अग्युरोले ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।

लियोनल मेस्सीसँग खेल्ने इच्छाले अग्युरो बार्सिलोना आएपनि उनको सपना पुरा हुन सकेन । उनी आएकै सिजन मेस्सीले बार्सिलोना छाड्न पर्यो ।

खेलाडीमा चोटको समस्या झेलिरहेको बार्सिलानालाई अग्युरोको अनुपस्थितीले थप तनाव थपेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : २५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते

काठमाडौँ– राप्रपा नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र

समस्यामा रुसी सत्ता

सन् १९९९ देखि भ्लाडिमिर पुटिन विश्व राजनीतिमा एउटा खेलाडीको रूपमा

इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले सहज जित

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक