रोम पछि ग्लोस्गोको सम्मेलनमा सबैको ध्यान | Khabarhub Khabarhub

रोम पछि ग्लोस्गोको सम्मेलनमा सबैको ध्यान


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व जलवायु सम्मेलन २०२१ (कोप–२६) स्कटल्यान्डको ग्लास्गोमा सुरु भएको छ । नोभेम्बर १२ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा राष्ट्र सङ्घका हरेक सदस्य राष्ट्रले पाँच वर्षको उपलब्धि विवरण बुझाउने २०१५ को पेरिस सम्झौताको कार्यान्वयन पक्षका बारे छलफल गर्नेछन् ।

धेरै देश यस बीचमा आफ्नो योजना र लक्ष्यबारे अद्यावधिक भएका छन् भने केही देशले यसलाई बेवास्ता गरेका छन् ।

जलवायु परिवर्तनको यो सम्मेलनमा संसारमा भएको अधिक औद्योगीकरणसँगै बढेको कार्बन उत्सर्जन, वनविनाश र वातावरण प्रदूषणको बारे छलफल हुनेछ । बढ्दै गएको विश्व तापमान ठूलो समस्या बनेको छ ।

संसारका धेरै गोष्ठी, सभा, सेमिनार र सम्मेलन कोभिड–१९ का कारण प्रभावित भए जस्तै कोप–२६ पनि अछुतो रहेन । सन् २०२० को नोभेम्बरमा यसै स्थानमा कोप–२६ को मिति तय भए पनि स्कटल्यान्डमा कोभिड महामारी बढेका कारण स्थगित भएको थियो ।

मिनिस्टर फर स्टेट फर इनर्जी एन्ड क्लिन ग्रोथ क्लेरी पेरी ओनेल कोप–२६ को अध्यक्ष चयन भएकी थिइन् । सांसदको पद त्यागेपछि उनी यो जिम्मेवारीबाट पनि मुक्त भएकी हुन् ।

पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन र पूर्वविदेश सचिव विलियम हगले उक्त जिम्मेवारी ग्रहण गर्न अस्वीकार गरे पछि सन् २०२० को फेब्रुअरीमा आलोक शर्मा कोपका अध्यक्ष चयन भए ।

इटालीले पछिल्लो समय बेलायतसँग मिलेर धेरै पक्षमा सहकार्य गर्दै आएको छ । ‘प्रि कोप सेसन’ को आयोजना तथा युवा परियोजना लगायतमा इटालीले सहकार्य गरेको छ ।

ग्लास्गोमा यो सम्मेलन सुरु हुनुअघि ‘जी २०’ देशका नेताले पनि आफ्नो धारणा तय गर्न प्रयास गरेका थिए । परन्तु रोममा भएको औद्योगिक देशका नेताहरूको बैठकले अपेक्षा अनुसार उपलब्धि नदिएको विज्ञहरूको मत छ ।

उन्नाइस वटा औद्योगिक देशसहित युरोपेली युनियन समावेश ‘जी २०’ ले नै अहिले ८० प्रतिशत उत्सर्जन गर्ने गरेका छन् । इटालीमा भएको ‘जी २०’ सम्मेलनको पहिलो दिन यी नेताहरू कोभिड महामारी र अर्थतन्त्र केन्द्रित भएका थिए ।

आइतबारको इटालीको बैठक भने जलवायुमा केन्द्रित थियो । कोप–२६ को आयोजक बेलायती युवराज प्रिन्सले सम्बोधन गरेका थिए ।

वैज्ञाननिकहरूका अनुसार तापक्रम २ डिग्री बढ्नु र १.५ डिग्री बढ्नुमा ठूलो भिन्नता हुन्छ । तापक्रम नियन्त्रणमा राख्न संसारका सबै देश उत्तिकै सक्रिय हुन आवश्यक रहेको वैज्ञानिकहरूको मत छ ।

युवराज प्रिन्सले पनि संसारमा देखिएको समस्याबारे सबै चिन्तित भएको र जलवायु परिवर्तनको समस्याबाट पार पाउन अहिले भइरहेका संरचना नै परिवर्तन गर्नुपर्ने भएका कारण यसमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

इटालीका प्रधानमन्त्री मारियो डाग्रीले कोइलाबाट चल्ने उद्योगलाई पुनर्नवीकरणीय ऊर्जाले प्रतिस्थापनका लागि लगानी बढाउन सबै देशलाई आह्वान गरेका छन् ।

‘प्रि इन्डस्ट्रियल’ समयभन्दा अहिले संसारको तापक्रम कम्तीमा पनि १.१ डिग्री सेल्सियस बढेको छ । वातावरण वैज्ञानिकले कुनै पनि हालतमा १.५ डिग्रीभन्दा बढी वृद्धि हुन नहुनेमा जोड दिइरहेका छन् ।

कोप–२६ को पूर्वसन्ध्यामा आइतबार सम्पन्न ‘जी २०’ बैठक कोइलाको प्रयोग शून्यमा झार्ने मितिको सीमा तोक्न भने असमर्थ रहे । जलवायु अर्थतन्त्र लगायत विषयमा निश्चित प्रतिबद्धता पनि ‘जी २०’ राष्ट्रहरूबाट भएको छैन ।

‘जी २०’ बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा शताब्दीको अन्त्यसम्ममा ‘नेट जिरो’ उत्सर्जनको लक्ष्यमा पुग्न शीघ्र कदम चाल्ने बताइएको छ ।

संसारका धनी यी २० देशका नेताहरूले उनीहरू कार्बन उत्सर्जन घटाउन प्रतिबद्ध रहेको जनाउँदै यसै दशकमा महत्वपूर्ण कार्य गर्ने प्रतिबद्धता गरेका हुन् ।

यो दाबीका बाबजुद केही देशको अहिलेको गतिविधि सन् २०५० सम्ममा ‘नेट जिरो’ मा पुग्ने खालको छैन ।

वैज्ञानिकहरूकै अनुसार अहिलेको अवस्थामा धेरै सुधार नल्याए २०५० मा ‘नेट जिरो’ मा पुग्ने तथा तापक्रम १.५ भन्दा बढी बढ्न नदिनु कठिन हुने छ ।

वैज्ञाननिकहरूका अनुसार तापक्रम २ डिग्री बढ्नु र १.५ डिग्री बढ्नुमा ठूलो भिन्नता हुन्छ । तापक्रम नियन्त्रणमा राख्न संसारका सबै देश उत्तिकै सक्रिय हुन आवश्यक रहेको वैज्ञानिकहरूको मत छ ।

यो दीर्घकालीन महत्वाकाङ्क्षा पूरा गर्न अल्पकालीन र आवधिक योजनाका साथ अघि बढ्नु पर्ने उनीहरूको राय छ । एउटा देशले अर्को देशलाई आवश्यक समयमा आर्थिक र प्राविधिक सहयोग गर्न पनि वैज्ञानिकहरूले त्यतिकै जरुरी ठानेका छन् ।

यो दशकमा मिथाइन उत्सर्जन ३० प्रतिशत घटाउने लक्ष्यमा युरोपेली युनियन र अमेरिकाले नेतृत्व गरेको ‘ग्लोबल मिथन प्लेज’ मा संसारका ६० देशले हस्ताक्षर गरेका छन् ।

जोन्सनले अहिलेको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विकल्प खोज्नुपर्ने र वृक्षारोपण गर्नु पर्नेमा जोड दिएका छन् । उनले वनविनाश रोक्नु अहिलेको प्रमुख चुनौती रहेको पनि बताएका छन् । संसारका करिब २०० देशको कोप–२६ मा सहभागी हुने जनाइएको छ ।

मिथेन ग्यास जलवायु परिवर्तनको एउटा प्रमुख यौगिक भएको जनाउँदै यो घटाउन सके जलवायु परिवर्तनको ठूलो समस्या हल गर्न सहज हुने वैज्ञानिकहरूको ठहर छन् ।

धेरै मिथेन ग्यास जीवाश्म इन्धन, भौतिक संरचनाको निर्माण तथा पशुजन्य उद्योगबाट उत्पादन हुन्छ । अस्ट्रेलियाले यो सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । संसारमै सबैभन्दा धेरै मिथेन उत्पादन गर्ने देश इन्डोनेसियाले भने यसमा हस्ताक्षर गरेको छ ।

चीन र रुसका नेतृत्व त यस सम्मेलनमा सहभागी नै छैनन् । भारतले जिरो उत्सर्जनको समय सीमा तोकको छैन । जापानका पनि धेरै कुरा अस्पष्ट छन् ।

चीन, भारत, अस्ट्रेलिया र जापानको यो गतिविधिले युरोपेली युनियनका नेताहरू असन्तुष्ट देखिएका छन् ।

इटालीको ‘जी २०’ बैठकपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसारका सबै देशका नेताहरूलाई स्वागत गरे ।

उनले यो जलवायु सम्मेलनपछि संसारका सबै देशका नेताहरू आफ्नो कार्यमा तल्लीन रहनुपर्नेमा जोड दिएका छन् ।

जोन्सनले कोइला उत्पादन बढ्न नदिने कुरामा आफू प्रस्ट भए पनि यो आफ्नोमात्र विषय नभई नीति निर्माण गर्ने सबैको चासोको विषय हुनुपर्ने बताएका छन् ।

जोन्सनले जीवाश्म इन्धनको विकल्पमा पर्याप्त नवीकरणीय ऊर्जाको विकल्पमा अघि नबढेका देशका वैज्ञानिकलाई समेत आफूले सचेत गराउन चाहेको बताएका छन् ।

बेलायतले विकासोन्मुख देशलाई जलवायु परिवर्तनसँग मुकाबिला गर्न आगामी चार वर्षका लागि थप एक लाख बिलियन पाउन्ड सहयोग गर्ने घोषणा गरेका छन् । उनले सन् २००९ मै विकासोन्मुख देशलाई विकसित देशले सहयोग गर्ने प्रतिबद्धता गरे पनि त्यसअनुसार नभएको गुनासो गरेका छन् ।

जोन्सनले अहिलेको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विकल्प खोज्नुपर्ने र वृक्षारोपण गर्नु पर्नेमा जोड दिएका छन् । उनले वनविनाश रोक्नु अहिलेको प्रमुख चुनौती रहेको पनि बताएका छन् । संसारका करिब २०० देशको कोप–२६ मा सहभागी हुने जनाइएको छ ।

यी देशका नेतृत्वहरू दुई साता लामो सम्मेलनमा ‘नेट जिरो’ को लक्ष्य, पेरिस सम्झौता र नवीकरणीय ऊर्जामा त केन्द्रित हुने नै छन्, यसका साथै विकासोन्मुख देशलाई विकसित देशले गर्ने सहयोगको बारे पनि छलफल गर्नेछन् ।

बेलायत र इटालीका अतिरिक्त यस सम्मेलनमा सहभागी हुने प्रमुख नेताहरूमा अमेरिकी राष्ट्रपति जो बाइडेन, स्कटल्यान्डका फस्ट मिनिस्टर निकोला स्टरजियन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउ, फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटी छन् ।

आशा गरौँ, ग्लास्गो घोषणापत्रमा लामो समयदेखि बढ्दो वातावरण प्रदूषण र बढ्दो तापक्रमका कारण औसत आयुसमेत छोट्टिँदै गएका मानिसका लागि सुधारकाकेही योजनाहरू उल्लेख गरिने छन् ।

अन्य प्रमुख नेताहरूमा टर्कीका राष्ट्रपति रेसेप तैयव एर्दोगान, स्विडेनका प्रधानमन्त्री स्टेभेन लभभेन, स्वीट्जरल्यान्डका राष्ट्रपति गुय पर्मेलिन, नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, घानाका राष्ट्रपति नाना अफुको, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज र कोलम्बियाका राष्ट्रपति इभान डोक छन् ।

सम्मेलनमा व्यापारी, सञ्चारकर्मी र वार्ताकार समेत लगभग ३० हजार जनाको उपस्थिति रहेको छ ।

रोममा दुई दिन संसारका शीर्ष नेताहरूको बैठक सकिएपछि सोमबार र मङ्गलबार ग्लास्गोमा सहभागी देशका नेताहरूबीच बृहत् छलफल हुनेछ । नोभेम्बर ४ मा संयुक्त राष्ट्र सङ्घको ‘नो न्यु कोल’ योजनाको घोषणा हुने छ ।

नोभेम्बर ५ ‘युथ एन्ड पब्लिक इम्पावरमेन्ट डे’ मनाइनेछ । नोभेम्बर १० ‘ट्रान्सपोर्ट डे’ रहने छ । यस दिन पेट्रोलियम पदार्थको विकल्पबारे घोषणा हुन सक्नेछ । नोभेम्बर १२ मा ग्लास्गो घोषणापत्र जारी हुनेछ ।

आशा गरौँ, ग्लास्गो घोषणापत्रमा लामो समयदेखि बढ्दो वातावरण प्रदूषण र बढ्दो तापक्रमका कारण औसत आयुसमेत छोट्टिँदै गएका मानिसका लागि सुधारकाकेही योजनाहरू उल्लेख गरिने छन् ।

यसैगरी एक्काइसौँ शताब्दीको मानिसका सामु देखिएको जलवायु परिवर्तनको गम्भीर चुनौतीको सामना गर्ने नयाँ आधार पनि यसै घोषणापत्रले तय गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ५३ बजे

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म

राष्ट्र बैङ्कको अध्ययन : गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषि