घरेलु मदिरासहित कुवेतमा तीन नेपाली पक्राउ « Khabarhub

घरेलु मदिरासहित कुवेतमा तीन नेपाली पक्राउ



दोहा : कुवेतमा प्रतिबन्धित ९० बोतल घरेलु मदिरासहित तीन नेपाली पक्राउ परेका छन् । स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित तीन नेपाली बुटलेगरलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यहाँको सल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएको सुरक्षाकर्मीले फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडी नजिक प्रहरी पुगेपछि गाडीका चालकले भाग्न खोजेका थिए ।

चालकलाई पक्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा स्वदेशी गाँजा र आयातित मदिरासहित ती नेपालीलाई पक्राउ गरिएको हो। चालकसँगै अरु दुई जना नेपाली नागरिक रहेको कुवेत प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाईएको छैन ।

यसघि पनि कुवेत प्रहरीले विभिन्न समय अबैध घरेलु मदिराको भट्टी सन्चालन गरि बिक्री वितरण गरेको अभियोगमा सयौ नेपालीहरुलाई पक्राउ गरि डिपोर्ट गरिसकेको जनाएको छ । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ०० बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले