शिल्पाका पति राजले बन्द गरेको ट्वीटर र इन्स्टाग्राम « Khabarhub

शिल्पाका पति राजले बन्द गरेको ट्वीटर र इन्स्टाग्राम


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बितेका केही महिना यता अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रामाथि संकटको चाङ नै लागेको छ । पोर्नोग्राफी मुद्धामा फँसेपछि राजले ठूलो समस्याको सामना गरिरहनुपरेको छ । यहीबीच उनले सोमबार एउटा ठूलो कदम अपनाएका छन् ।

उनले आफ्नो ट्वीटर र इन्स्टाग्राम एकाउण्ट हटाएका छन् । कुनै समय राज सामाजिक सञ्जालमा निकै सक्रिय थिए । यो वर्षको जुलाईमा राज पोर्नोग्राफी मामलामा पक्राउ परेपछि दुई महिना जेलमा बसेर रिहा भएका थिए ।

जेलमा परेपछि सामाजिक सञ्जालमा उनी निकै ट्रोल बने र यही कारण उनले सामाजिक सञ्जाल चलाउन बन्द गरेको हुनसक्ने अनुमान गरिएको छ । पोर्नोग्राफी मामलामा नाम आएपछि राज सार्वजनिक रुपमा कहिँकतै उपस्थित भएका छैनन् । उनी अहिले एक्लो जीवन बिताउन थालेका छन् ।

यो मामलामा मुम्बई हाई कोर्टले राजलाई ५० हजार रुपैंयाँ धरौटीमा जमानत दिएको थियो । कोर्टमा दर्ता गरेको निवेदनमा राजले आफूलाई ‘बलीको बोका’ बनाइएको दाबी गरेका थिए ।

राजमाथि उनको कम्पनीले मुम्बईमा नाम कमाउन आएका युवालाई पोर्नोग्राफी काममा लगाएको र अश्लील भिडियो बनाएर विदेशी एपमा राख्ने गरेको आरोप लागेको थियो । यो मामलामा प्रहरीले शिल्पासँग पनि सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ३२ बजे

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर

छोटकरीमा बुझ्नुहोस् बालेन सरकारका सय प्राथमिकताको सूची

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

भोजपुर– भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का