तिहारपछि प्रधानन्यायाधीशसँग ‘वारपार’ गर्ने सर्वोच्चका न्यायाधीशहरूको तयारी « Khabarhub

तिहारपछि प्रधानन्यायाधीशसँग ‘वारपार’ गर्ने सर्वोच्चका न्यायाधीशहरूको तयारी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहीबारदेखि अदालत बिदा हुने भएपछि न्यायाधीशरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग तिहारपछि मात्रै ‘वारपार’को तयारी गरेका छन् ।

तिहार बिदाका कारण कात्तिक २२ गते पछि मात्रै अदालत लाग्ने भएकाले त्यतिन्जेद जबरा ढुक्क छन् । तर त्यसपछि के गर्ने भन्ने रणनीतिमा उनी लागेको निकट स्रोतले जनाएको छ ।

आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधबारसम्म मात्र अदालत खुल्ने भएकाले मोडालिटीको छलफल तिहार बिदापछि घनीभूत हुने सर्वोच्च अदालतका एक न्यायाधीशले बताएका छन् ।

सम्मानजनक बहिर्गमनको मोडालिटी र समयमा प्रधानन्यायाधीश जबरा र असन्तुष्ट १९ जना न्यायाधीशहरूको फरक फरक मत छ ।

न्यायाधीशहरूको तर्फबाट बनेको वार्ता समितिसँग जबराले केही दिन न्यायीक सुधारका लागि समय मागे पनि न्यायाधीशहरूले बहिर्गमन मितिको सुनिश्चितता खोजेका छन् । तर जबराले भने आफू इजलासमा नबस्ने र बन्दीबाहेकका मुद्दामा पेसी नतोक्ने प्रतिबद्धतामात्र जनाएका छन् ।

यसका अतिरिक्त उनले संवैधानिक बहिर्गमनको कुरा राखेर आफ्नो विवादलाई संसद् छिराउन खोजेको न्यायाधीशको आशंका छ । यो आशंकामा वार्ता समितिले बुधबारसम्म जबरासँग कुराकानी गर्नेछ ।

यसबीचमा आजका लागि बन्दीका मुद्दामात्र पेसी चढेका छन् भने तिहारअघिको बाँकी एकदिन (बुधवार) पनि बन्दीका मुद्दामात्र पेसीमा राख्ने उनको प्रतिबद्धता छ ।

‘बुधबारपछि तिहारको बिदा सुरु भइहाल्छ, २२ गते अदालत खुलेपछि फेरि घनीभूत छलफल हुन्छ, त्यसबेलासम्मका लागि उहाँबाट अब निकास नआउने नै भयो,’ असन्तुष्ट एक न्यायाधीशले भने ।

उनका अनुसार तिहार बिदालगत्तै असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध नयाँ ढंगको आन्दोलनमा उत्रने छन् । तर यसको मोडालिटीमा भने न्यायाधीशबीच छलफल सकिएको छैन । ‘आज र भोलि छलफल हुन्छ, त्यसपछि उहाँ (प्रधानन्यायाधीश) को मुड हेरेर हामी नयाँ ढंगले चल्छौ नै,’ ती न्यायाधीश भन्छन् ।

न्यायाधीशहरूको आन्दोलनसँगै नेपाल बारले पनि तिहारअघिसम्मका लागि अदालतमा कालोपट्टीसहित प्रदर्शन गर्ने, जबराको इजलास बहिष्कार गर्नेलगायतका कार्यक्रम गरिरहेको छ । बारले तिहारपछि आफूहरू जबराविरुद्ध निर्णायक आन्दोलनमा जाने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : २० बजे

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण