हुथी विद्रोहीको आक्रमणमा यमनमा २५ सर्वसाधरणको मृत्यु « Khabarhub

हुथी विद्रोहीको आक्रमणमा यमनमा २५ सर्वसाधरणको मृत्यु


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् ।

हुथीहरुले एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण यहाँको सो मस्जिद ध्वस्त भएको छ ।

उता दुई दिन मात्र अघि पनि हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा सैनिकले हुथीहरुका विरुद्ध कारबाही चलाएको थियो ।

हुथी विद्रोहीहरुले समयसमयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् । सो क्षेत्रमा केही समययतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : २४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल