संवैधानिक इजलासलाई बन्दी बनाइयो : वरिष्ठ अधिवक्ता दाहाल « Khabarhub

संवैधानिक इजलासलाई बन्दी बनाइयो : वरिष्ठ अधिवक्ता दाहाल


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाएका छन् ।

तेस्रो दिनको आन्दोलनका क्रममा मंगलबार बार कार्यालय परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दाहालले भने, ‘प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन सकेको छैन । हामीभन्दा बढी न्यायाधीशहरू सकसमा छन् । न्यायमा निष्पक्षता भएन । बेन्च सेटिङ भयो । संवैधानिक इजलासलाई बन्दी बनाइयो ।’

न्यायाधीशको नियुक्तिबाटै प्रश्न उब्जिएको बताएका उनले जबराको पालामा भने धेरै प्रश्न उठेको बताए । न्यायपालिका शुद्धीकरण अभियान थालेको बताएका उनले बार एसोसिएसनले बार बेन्च समन्वय समितिको छलफलमा प्रधानन्यायाधीश जबराले विकृति विसंगति अध्ययन गर्न हरिकृष्ण कार्की नेतृत्वमा कमिटी बनाए पनि त्यसले बुझाएको प्रतिवेदन कार्यान्वयनमा संवेदनशीलता नदेखाएको बताए ।

प्रधानन्यायाधीश जबराले उक्त प्रतिवेदन कार्यान्वयन नगर्दा  विश्वासको संकट गहिरिएको दाहालको भनाइ छ । अटोमेसनमा जानुअघि गोलाप्रथामा कसरी जाने भनेर मीरा खड्का नेतृत्वमा समिति बनेको र उसले बुझाएको प्रतिवेदन पनि कार्यान्वयन नगरेर न्यायालयको सुद्धीकरणमा जबरा उदासिन बनेको वरिष्ठ अधिवक्ता दाहालको आरोप छ ।

हरिकृष्ण कार्कीको प्रतिवेदन, बार/बेन्चमा भएका सहमति कार्यान्वयन नहुँदा अहिलेको समस्या देखापरेको बताएका उनले अब प्रधानन्यायाधीश जबराले राजीनामा दिएर बाहिरिँदा न्यायालयको मर्यादा रहने बताए ।

सेतो पट्टी लगाएर जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न पनि उनले आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन पनि आन्दोलित छ ।

कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : ३४ बजे

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका