अधिवक्ता रमण श्रेष्ठको प्रश्न : प्रधानन्यायाधीशले मन्त्री बनाउने हो ? (भिडियोसहित) | Khabarhub Khabarhub

अधिवक्ता रमण श्रेष्ठको प्रश्न : प्रधानन्यायाधीशले मन्त्री बनाउने हो ? (भिडियोसहित)


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा मंगलबार बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै तत्काल राजीनामा दिन माग गरेका छन् ।

उनले सर्वोच्च अदालतका सबै न्यायाधीश, नेपाल बार, पूर्वन्यायाधीशलगायतले गलत भनिरहँदा जबरा केही नभएजस्तो गरेर बसिरहेको भन्दै तिहारसम्ममा राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन बसेको भन्दै आक्रोशसमेत पोखे । प्रधानन्यायाधीशको हैसियतमा जबराले गरेका सबै काम गलत भएको उनको टिप्पणी छ । जबराले निकास नदिएसम्म न्यायपालिका सुधार नहुने उनले बताए ।

‘अब जबराको नेतृत्वमा न्यायालय स्वतन्त्र र भ्रष्टाचारविहीन हुँदैन, त्यसैले उहाँले राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भने, ‘बारले दिएको समयसीमाभित्र राजीनामा नआए हामी तपाईलाई छोड्दैनौं ।’

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : ४६ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको