आयुष, अञ्जन, किरण…लाई नाईं भन्न नसकेर फर्किएँ : अल्मुताइरी (भिडियोसहित) « Khabarhub

आयुष, अञ्जन, किरण…लाई नाईं भन्न नसकेर फर्किएँ : अल्मुताइरी (भिडियोसहित)


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन् ।

साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल)सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाईं भन्न नसकेर नेपाल फर्किएँ ।’ अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आजै औपचारिक रुपमा सम्झौता पनि भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन बर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आईपुगेका हुन् ।

१० कात्तिक (बुधबार) प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको जनाएका थिए ।

अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजीनामा दिएका अल्मुताइरी नेपाल नफर्की कतारमै रहेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : ४३ बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता