नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ७ करोडको कारोबार « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ७ करोडको कारोबार


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ ।

नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले नौ करोड ७७ लाख चार सय ४३ कित्ता सेयर कारोबार गर्दा कुल ६ अर्ब सात करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको शेयर भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन् । विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यिनीहरूको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यस कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ४९ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा