प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता

जलवायु परिवर्तन र कोरोना भाइरसले पारेको असरबारे छलफल


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा जलवायु परिवर्तन र कोरोना भाइरसको महामारीको असर कम गर्ने तथा महामारीपछिको पुनर्उत्थानमा दुबै देश मिलेर अघि बढ्नेबारे छलफल भएको भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाएका छन् ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्नेबारे छलफल भएको देउवाले ट्वीटमार्फत जनाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४० बजे

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र

सानेपामा कांग्रेस (शेरबहादुर) को पत्रकार सम्मेलन

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन आयोजना गरेको