गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण « Khabarhub

गृहमन्त्री खाँणद्वारा तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार तीन जिल्लाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले धनकुटाको चौविसे गाउँपालिका–१ स्थित बुधबारे र पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरेका छन्।

त्यसैगरी उनले इलाम सदरमुकाममा इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीमार्फत दुवै जिल्लामा परेको बाढीपहिराको प्रभावका बारेमा जानकारी लिए । बधुबारेका पहिरो पीडितहरुले मन्त्री खाँणसँग आफन्त गुमाउँदाको पीडा सुनाउँदै आगामी दिनमा पहिरो नआउने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।

स्थानीयवासीसँगको अन्तरक्रियामा मन्त्री खाँणले पहिरो पीडितका लागि सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरेको जानकारी दिए । त्यसैगरी बाढीपहिरो नियन्त्रण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिमार्णका लागि विज्ञहरुको टोली चाँडै नै पठाउने उनले बताए । यही कात्तिक २ गतेको पहिरोमा परी बुधबारेमा सात जनाको मृत्य भएको थियो भने पाँच जना घाइते भएका थिए । चार घरमा पूर्ण क्षति र २० घरमा आंशिक प्रभाव परेको थियो ।

मन्त्री खाँणसमक्ष स्थानीयको तर्फबाट चन्द्रबहादुर श्रेष्ठ, शारदा माविका निमित्त प्रधानाध्यापक हरेन्द्र आचार्य, मेक्लादुङ आधारभूत विद्यालयका प्रधानाध्यापक किशोर परियार, कांग्रेसका तर्फबाट जिल्ला सदस्य दीपककुमार श्रेष्ठले पुनःनिर्माणको माग गर्दै छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री खाँण नेतृत्वको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, सांसद सुजाता परियार, संविधानसभा सदस्यद्वय रामहरि खतिवडा र नरेन्द्र कुमाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापालगायत थिए ।

टोलीले मंगलबारै पाँचथरको तुम्बेवा–५ स्थित मौवामा पनि स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेको थियो । गाउँपालिका अध्यक्ष होमनाथ थापा, कांग्रेस गाउँ सभापति बाबुराम खड्का, स्थानीयवासीका तर्फबाट यम मगरलगायतले क्षतिको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

स्थानीय सावा, नावा र दुवा खोलामा आएको बाढी र पहिरोले तुम्बेवाका विभिन्न वडामा क्षति पुर्‍याएको थियो । झण्डै दुई हजार ८०० रोपनी जमिनमा लगाइएको खेती नष्ट हुँदा किसान मर्कामा परेको उनीहरुको भनाइ थियो । गुनासो सुनेपछि मन्त्री खाँणले धनकुटा, पाँचधर र इलामका बाढीपहिरो पीडितका लागि बजेटको अभाव नहुने प्रतिबद्धता जनाए ।

उनले निरीक्षण टोलीमा रहेका सरकारी उच्च अधिकारीलाई आआफ्नो निकायमार्फत गर्नुपर्ने काममा कुनै कन्जुस्याइँ नगर्न पनि स्थानीय बासिन्दाकै सामु निर्देशन दिए । “नेपालको सरकारी निकायमा बाहना गर्ने प्रचलन बढी छ, कुनै बाहना नगरी यहाँका पीडितका लागि गर्नुपर्ने काम गरिदिनु होला”, उनले भने ।

मन्त्री खाँणले जलवायु परिवर्तनका कारण बेमौसमी बाढीपहिरो आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले अन्तर्राष्ट्रिय सम्मेलनमा पनि यही विषयलाई उठान गरेको जानकारी दिए । उनले जलवायु परिवर्तन न्यूनीकरण गर्न बिजुलीको प्रयोग बढाउन पनि सबैलाई आह्वान गरे ।

“बिजुलीको प्रयोग बढाउन सरकारले बिजुलीमा सहुलियत दिने कार्ययोजना अगाडि बढाएको छ”, उनले भने, “घरायसी प्रयोजनका लागि बिजुलीको प्रयोग बढ्यो भने दाउराको प्रयोग घट्छ, दाउराको प्रयोग घटेपछि जङ्गल फँडानी कम हुनुका साथै दाउरा बाल्दा उत्पन्न हुने धुँवा पनि कम हुन्छ, यसले वातावरण संरक्षणमा पनि सहयोग पुग्छ र यस्ता बेमौसमी बाढीपहिरो आउँदैन, त्यसैले बिजुलीको प्रयोग पढाउनुहोला ।”

मन्त्री खाँणले जनताका सबै दुःखमा वर्तमान सरकार सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै निराश नहुन आग्रह गरे । उनले यसअघि गोरखालगायतका विभिन्न जिल्लामा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । बुधबार पश्चिम नेपालका विभिन्न ठाउँमा जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ३८ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल