अफगानिस्तानमा भोकमरी, बाबुआमाले ५ सय डलरमा बेचे नाबालक छोरी « Khabarhub

अफगानिस्तानमा भोकमरी, बाबुआमाले ५ सय डलरमा बेचे नाबालक छोरी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा चरम भोकमरी भएको छ । तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय सहयोग बन्द भएको छ । अन्तर्राष्ट्रिय सहयोग बन्द भएको र विभिन्न विदेशी बैंकमा रहेको अफगानिस्तानको सम्पत्ति रोक्का भएका कारण त्यहाँ चरम आर्थिक संकटसमेत निम्तिएको छ ।

बीबीसीले एक भिडियो रिपोर्ट प्रशारण गर्दै आर्थिक अभावकै कारण एक दम्पत्तिले आफ्नी नाबालक छोरी बेचेको जनाएको छ । बीबीसीसँग ती बालिकाकी आमाले पैसाको अभाव भएपछि आफ्नी छोरी बेचेको बताएकी छन् । पहिचान लुकाइएका उनीहरुले छोरी बेच्नु बाध्यता भएको बताएका छन् ।

ती बालिकालाई खरिद गर्ने व्यक्तिले भविष्यमा आफ्ना छोरासँग बिहे गर्ने बताएका छन् । तर बालिकाका बाबुले छोरीको भविष्यबारे अहिले केही भन्न नसकिने बताएका छन् ।

बीबीसीले अफगानिस्तानको हेरत प्रान्तको एक अस्पतालको दर्दनाक भिडियोसमेत प्रशारण गरेको छ । सो अस्पतालमा कुपोषण भएका सयौँ बालबालिका भर्ना गरिएका छन् । सो अस्पतालका चिकित्सक तथा नर्सहरुले विगत ४ महिनादेखि तलब नपाएको जनाइएको छ । अफगानिस्तानको स्वास्थ्य संरचना ध्वस्त भएको छ । एजेन्सी

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ३३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय