वकिलले छापेको विवाहको अनौठो कार्ड भाइरल « Khabarhub

वकिलले छापेको विवाहको अनौठो कार्ड भाइरल


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेकले आफ्नो विवाह स्मरणीय बनाउन चाहन्छन् । यसकालागि उनीहरू विवाहमा केही विशेष पहिरन, माहौल वा कार्यक्रमको आयोजना गर्दछन् । कतिपयले विवाहमा महंगो र आकर्षक कार्ड समेत छपाउँछन् । भारतका एक व्यक्ति यति बेला आफ्नो विवाहको कार्डका कारण चर्चामा छन् ।

सामाजिक सञ्जालमा चर्चामा रहेको विवाहको एक अनौठो कार्ड अहिले भाइरल बनेको छ । यो विवाहको कार्ड चर्चामा आउनुको पछाडि भने यसमा बेहुलाले संविधानको धारा र विवाह अधिनियम उल्लेख गर्नु हो ।

भारतको असम राज्यको गुवाहाटी निवासी पेसाले वकिल यी बेहुलाले संविधान उल्लेख गर्दै विवाहको कार्ड छपाएर चर्चामा आए । यी वकिलले कार्डमा समानताको प्रतिनिधित्व दर्शाउँदै न्यायको तराजू बेहुला र बेहुलीको नामका साथ छपाएका छन् । यस अलावा कार्डमा भारतीय विवाहलाई नियन्त्रित गर्ने कानुन तथा अधिकारको पनि उल्लेख गरिएको छ ।

विवाहको यस अनौठो कार्डमा लेखिएको छ, ‘भारतीय संविधानको अनुच्छेद २१ अनुसार विवाहको अधिकार जीवनको अधिकार एक घटक हो । मेरो मौलिक अधिकारको उपयोग गर्ने समय आइतबार २८ नोभेम्बर रहेको छ ।’

विवाहको कार्ड छपाएर चर्चामा आएका बेहुलाले भने आफू अधिवक्ता रहेको कार्डमा उल्लेख गरेका छैनन् । यही कारणले उनलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले आलोचना गर्दै अधिवक्ता लेख्न सुझाएका छन् । यो कार्ड अहिले इन्टरनेटमा भाइरल बनेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : ३१ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का