गोलाको पेसी खै श्रीमान् ? « Khabarhub

गोलाको पेसी खै श्रीमान् ?


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले बुधबारबाट गोला प्रणालीवाट पेसी तोक्न सुरू गर्‍यो ।

तर विडम्बना ! नियमावली संशोधन गर्दै बुधबारबाट सुरू भएको यो प्रणाली दोस्रो दिन आइपुग्दै अवरुद्ध भएको छ । कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा बिदामा छन् ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था भए पनि नेपाल बारले जबराले कायममुकायम नतोकेको भन्दै अत्तो थाप्यो । जसका कारण गोलाबाट सार्वजनिक गरिएको पहिलो दिन (बुधबार)को अधिकांश सुनुवाइ प्रभावित भयो ।

नेपाल बारले संविधानको यो व्यवस्था स्पष्ट नभएको र प्रधानन्यायाधीशले लिखित कायममुकायम तोक्नै पर्ने अडान लिएपछि बिहीबार १० देखि साढे १० बजेभित्रमा गोलाद्वारा सार्वजनिक हुनुपर्ने इजलास यो समाचार तया पार्दासम्म गठन भएको छैन ।

नेपाल बारलाई छलफल गर्न भन्दै सर्वोच्चका न्यायाधीशहरूले बोलाएका छन् । सर्वोच्च अदालतमा यतिबेला बारका प्रतिनिधि र न्यायाधीशहरूबीच छलफल चलेका कारण पेसी सूची सार्वजनिक हुन नसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १२ : १३ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र