म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै « Khabarhub

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ ।

भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ ।

यता, स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ ।

आजै हुने अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ ।

चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ ।

प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ३ : २९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त