प्रदेश प्रतिनिधि भएर आएका कांग्रेसका नेता भन्छन्- व्यवस्थापन लथालिङ्ग छ | Khabarhub Khabarhub

प्रदेश प्रतिनिधि भएर आएका कांग्रेसका नेता भन्छन्- व्यवस्थापन लथालिङ्ग छ


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको बताएका छन् । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् ।

अधिवेशनमा सहभागीलाई बासस्थानका लागि होटेलको व्यवस्थापन कमजोर भएको, प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्ड पनि आधिकारीक हस्ताक्षर नभएको, झोला कागजको स्टीकर टाँसिएको जस्ता आरोप लगाएका हुन् ।

आफूले महाधिवेशनमा सहभागी शुल्क दुई हजार रुपैयाँ तिरेको बताउँदै हुम्ला हिमा गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका एक सहभागीले भने, ‘हामीलाई यति फोहोर भएको होटलमा बसालियो । जहाँ खाना बस्न र सुत्नलायक होटेल थिएन । पैसा बढी लिएर भए पनि राम्रो ठाउँमा राखेको भए हुन्थ्यो ।’

हिले डिजिटल युगमा पनि कार्डमा आधिकारीक हस्ताक्षर नहुनु एक प्रकारको लापरवाही भएको कालिकोटबाट सहभागी एक प्रतिनिधिले बताए । ‘कार्डमा आधिकारीक हस्ताक्षर छैन । यो शुल्क लिएर कार्ड त राम्रो दिनुपर्‍यो नि’, उनले भने, ‘आधिकारीक हस्ताक्षर नभएको कार्डलाई कसरी आधिकारिक मान्ने ?’

कार्डमा पार्टीको लेटर हेड भए पनि आधिकारिक छाप नभएको ती सहभागीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र