कांग्रेस कसैसँग गठबन्धन गर्दैन– शशांक कोइराला « Khabarhub

कांग्रेस कसैसँग गठबन्धन गर्दैन– शशांक कोइराला

एकलकाटे हुनुहुँदैन– रामचन्द्र पौडेल


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् ।

पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौँला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्कोतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौँ । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौँ ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ४८ बजे

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ