कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु « Khabarhub

कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन बिहीबार रुपन्देहीको भैरहवामा सुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् ।

उनले मुलुकको नेतृत्व कांग्रेस बाहेक अरू कसैले गर्न नसक्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको नेतृत्व मुलुकका लागि अपरिहार्य रहेको भन्दै कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे ।

कांग्रेसले जस्तोसुकै कठिन परिस्थितिका  बाबजुद पनि मुलुक र नागरिकप्रतिको आफ्नो दायित्व निर्वाह गरेको भन्दै गृहमन्त्री खाणले लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धमा कांग्रेसले कहिल्यै घुँडा नटेक्ने पनि बताए ।

उनले जनताको इच्छा र आकांक्षा पूरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यो दायित्व पूरा गरेरै छाड्ने बताए । गृहमन्त्री खाणले  मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने कुरामा सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताए । पुराना नेता म्याद सकिएको औषधी जस्तै भएकाले अव पुरानाबाट पार्टी चल्न नसक्ने उनको भनाई छ । नेता भण्डारीले देश बनाउन अव नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको बताए ।

‘पुरानाले लामो समय नेतृत्व गरे, अबको विज्ञान र प्रविधिको युगमा पुरानो पुस्ताले नेतृत्व गर्न सक्दैन, मुलुकलाई अगाडि बढाउन नयाँ नेतृत्वको आवश्यकता छ,’ उनले भने । उनले गाउँदेखि केन्द्रसम्म कांग्रेसले नेतृत्व बदल्न जरुरी रहेको पनि बताए ।

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने छ । नयाँ नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसद समेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : २८ बजे

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक

पाकिस्तानी रक्षामन्त्रीको आक्रमक टिप्पणी : इजरायल ‘क्यान्सर’, ‘दुष्ट’ र ‘मानवताको अभिशाप’

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायललाई पृथ्वीको ‘क्यान्सर’ र

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा