कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु « Khabarhub

कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन बिहीबार रुपन्देहीको भैरहवामा सुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् ।

उनले मुलुकको नेतृत्व कांग्रेस बाहेक अरू कसैले गर्न नसक्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको नेतृत्व मुलुकका लागि अपरिहार्य रहेको भन्दै कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे ।

कांग्रेसले जस्तोसुकै कठिन परिस्थितिका  बाबजुद पनि मुलुक र नागरिकप्रतिको आफ्नो दायित्व निर्वाह गरेको भन्दै गृहमन्त्री खाणले लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धमा कांग्रेसले कहिल्यै घुँडा नटेक्ने पनि बताए ।

उनले जनताको इच्छा र आकांक्षा पूरा गर्ने दायित्व सरकारको रहेको भन्दै त्यो दायित्व पूरा गरेरै छाड्ने बताए । गृहमन्त्री खाणले  मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने कुरामा सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताए । पुराना नेता म्याद सकिएको औषधी जस्तै भएकाले अव पुरानाबाट पार्टी चल्न नसक्ने उनको भनाई छ । नेता भण्डारीले देश बनाउन अव नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बेला आएको बताए ।

‘पुरानाले लामो समय नेतृत्व गरे, अबको विज्ञान र प्रविधिको युगमा पुरानो पुस्ताले नेतृत्व गर्न सक्दैन, मुलुकलाई अगाडि बढाउन नयाँ नेतृत्वको आवश्यकता छ,’ उनले भने । उनले गाउँदेखि केन्द्रसम्म कांग्रेसले नेतृत्व बदल्न जरुरी रहेको पनि बताए ।

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने छ । नयाँ नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसद समेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : २८ बजे

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई