क्रिकेट

यु–१९ पुरुष राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेशसँग प्रदेश-१ पराजित

By खबरहब

December 02, 2021

काठमाडौँ- यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं. १ पराजित भएको छ ।

गण्डकी प्रदेशले प्रदेश १ लाई १ विकेटले पराजित गरेको छ । जितसँगै गण्डकी प्रदेशले फाइनलको सम्भावना पनि कायमै राखेको छ ।

गण्डकी ६ मध्ये ३ खेल जित्दै ६ अंकसहित तालिकको तेस्रो स्थानमा उक्लिएको छ । ६ मध्ये ५ खेल जित्दै फाइनल प्रवेश गरिसकेको लुम्बिनीको १० अंक छ ।

गण्डकीसँग पराजित भएको प्रदेश १ ले पनि ६ मध्ये ३ खेल जित्दै ६ अंक जोडेपनि रनरेटका आधारमा गण्डकी प्रदेशपछि चौथो स्थानमा झरेको छ ।

प्रदेश १ ले दिएको १ सय ३४ रनको लक्ष्य गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो ।