उपल्लो डोल्पाको विद्यालयलाई ज्योति विकास बैंकको दुई लाख रूपैयाँ सहयोग « Khabarhub

उपल्लो डोल्पाको विद्यालयलाई ज्योति विकास बैंकको दुई लाख रूपैयाँ सहयोग


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो विद्यालयका विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङ लाई सो रकम प्रदान गरेका थिए ।

एच डी आई ले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्यतीय माध्यमद्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ । उक्त सहयोगपछि विद्युतीय सेवाबाट वञ्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।

‘प्रोजेक्ट ज्योति’ नाम दिइएको यस परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : १० बजे

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक

पाकिस्तानी रक्षामन्त्रीको आक्रमक टिप्पणी : इजरायल ‘क्यान्सर’, ‘दुष्ट’ र ‘मानवताको अभिशाप’

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायललाई पृथ्वीको ‘क्यान्सर’ र

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा